उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार यामलाल रसाईलीले व्यवसायीको हितका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । ब्यवसायी माथि अनेक प्रकारका कर राज्यले लिँदै आएको र व्यवसायीको हितमा राज्य गम्भीर नभएकाले ब्यवसायीका समस्या हल गर्न आफू लागि पर्ने उहाँको भनाई छ ।
संघको हाल बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका रसाईली व्यवसायीहरुका लागि लोकप्रिय पात्र हुनुहुन्छ । उहाँले आफु आम व्यवसायीका साझा उम्मेद्वार भएको बताउहुन्छ । लामो समयदेखि उर्लाबारीको भूगोलमा व्यवसाय गर्दै आउनुभएका रसाइली आम व्यवसायीको हितमा काम गर्दै आउनुभएको छ । स्वभाव सरल तर ब्यवसायीलाई परेका समस्या समाधानका लागि जस्तो सुकै मूल्य चुकाउन समेत उहाँ पछि पर्नु हुँदैन । व्यवसायी माथि परेका समस्या हल गर्न अहोरात्र खटिने रसाईली भदौं ९ गते हुने वाणिज्य संघको निर्वाचनमा नेकपा माओवादी केन्द्र समर्थित व्यवसायीको तर्फबाट प्रगतिशिल साझा उम्मेद्वारको रुपमा लिएको छ । दलित अभियान्ताको रुपमा समेत स्थापित हुनुभएका रसाईलीले विभिन्न संघसंस्थामा रहेर कुशल नेतृत्व प्रदान गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय