उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको कान्ति बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।
सोमबार राती सहकारीमा चोरी भएको हो । सहकारीको पछाडि रहेको काठको ढोका फोडेर चोरी गरेको पाइएको छ ।सहकारीमा रहेको २ हजार ६ सय रुपैयाँ, सिसी क्यामेराको हार्डडिक्स र एउटा ट्याब चोरी गरेको छ । सहकारीका अध्यक्ष यामलाल रसाईलीले सहकारीले दैनिक रूपमा संकलन भएको रकम बैंकमा जम्मा गर्ने गरेका कारण ठूलो रकम चोरी नभएको बताउनुभयो । घटनाको विषयमा उचित छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उहाँले प्रहरी प्रशासनसँग माग गर्नुभएको छ ।
मंगलबार बिहान घरधनी होमनाथ चापागाईले भवनको पछाडि रहेको ढोका फोरेको देखेपछि सहकारीका अध्यक्ष र कर्मचारीलाई खबर गर्नुएभएको छ । चोरीको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय