उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौं ९ गते हुने निर्वाचनका लागि अध्यक्षको उम्मेद्वारले १० हजार रुपैयाँ दस्तुर तिर्नु पर्ने भएको छ ।
उम्मेद्वारी मनोनयनका लागि साउन २८ गते हुँदैछ । अध्यक्षसहित १६ पदमा निर्वाचन हुने कार्यतालिका रहेको छ । वरिष्ठ उपाध्यक्षलाई ८ हजार, उद्योग, बाणिज्य उपाध्यक्ष र महासचिबका लागि जनही ७÷७ हजार, उद्योग, वाण्ज्यि, कोषाध्यक्ष र लेखा संयोजक पदका लागि जनही ५÷५ हजार, कार्यसमिति सदस्यका लागि ३ हजार तथा लेखा सदस्यका लागि २ हजार दस्तुर तोकिएको छ । साना व्यवसायीहरुलाई उम्मेद्वार बन्नै नसक्ने गरी दस्तुर राखेको भन्दै आलोचना हुन थालेको छ । यसबिषयमा निर्वाचन समितिले भने विगतकै दस्तुर निरन्तरता रहेको बताएको छ ।























