उर्लाबारी । आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) ले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी श्रेष्ठले उम्मेद्वारी घोषणा गर्नुभएको हो । मोरङ सुनचाँदी व्यवसायी संघ उर्लाबारीका अध्यक्ष भई सफलतापूर्वक काम गर्नुभएका श्रेष्ठको उम्मेद्वारीमा संघका अध्यक्षहरु तेजकुमार रिजाल, कल्याणराज भण्डारी, प्रेम बाहेती, केशव कार्की र प्रितम खड्गीको समर्थन रहेको छ । पूर्व अध्यक्ष रिजालले युवा र व्यवसायीको हकहितका लागि योग्य उम्मेद्वार रहेकाले श्रेष्ठलाई समर्थन गरेको बताउनुभयो । अध्यक्षमा विनोद न्यौपाने र बरिष्ठ उपाध्यक्षमा श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी दिएको बताउँदै उहाँले चुनाव जिताउन आफुहरु लागि परेको बताउनुभयो ।
अध्यक्षमा न्यौपाने र वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई जिताउन युवा ब्यवसायी तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यको संयोजकत्वमा प्रचारप्रसार गठन गरिएको छ । संयोजक शाख्यले वाणिज्य संघ व्यवसायीहरुको छाता संगठन रहेको जनाउँदै त्यसको निर्वाचनमा दलगत राजनितीक गतिविधी गर्न नहुने धारणा राख्नुभयो । व्यवसायीहरुले आफ्नो कार्यसम्पादनको आधारमा स्वयम् मूल्यांकन गरी उम्मेद्वारी प्रस्तुत गरि निर्वाचन प्रकृयामा जान पाउनु पर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनले उम्मेद्वारहरुलाई विशुद्ध व्यवसायीहरुको पक्षमा रहि काम गर्ने समान अवसर दिने भएकोले यसको सबैले सदुपयोग गर्न पाउनु पर्ने बताउँदै उहाँले दलगत गतिविधी देखिन नहुने बताउनुभयो । संघको पूर्व कोषाध्यक्ष भई काम गरिसक्नु भएका श्रेष्ठले यस पटक सबैको सुझावसहित व्यवसायिक हकहितका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभयो ।
२०५६ सालदेखी श्रेष्ठ ज्वेलरी संचालन गर्दै आउनुभएका श्रेष्ठसँग उर्लाबारीका विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । उर्लाबारी जेसीजको अध्यक्ष, नेपाल सुनचाँदी महासंघको पूर्व केन्द्रिय सदस्य अध्यक्ष भई काम गरिसक्नुभएको छ । अध्यक्षका प्रत्यासी विनोद न्यौपालेले केहि दिनमै स्वतन्त्र उम्मेद्वारको घोषणापत्र प्रस्तुत गर्ने जनाउँदै आफ्ना घोषणापत्रहरु शत प्रतिशत लागु गर्ने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय