उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आउँदो भदौ ८ र ९ गते चुनाबी साधारणसभा हुँदैछ ।
आज विहान ११ बजेदेखि ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ ।
नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका व्यवसायीहरु एक ठाउँमा उभिएर निर्वाचनमा होमिएका छन् भने एमाले एक्लै निर्वाचनमा छ । कांग्रेसको पकड रहेको संघमा अध्यक्ष र बरिष्ठ उपाध्यक्षमा बागी उम्मेद्वार परेका छन् । जसले गर्दा कांग्रेसले अन्य दललाई समेटेर निर्वाचनमा होमिएको छ ।
१ हजार २ सय १२ जना उद्योगी÷व्यवसायी सदस्य रहेको संघको अध्यक्षमा लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धनबाट तारामान सिरेङ लिम्बू, स्वतन्त्रबाट विनोद न्यौपाने र एमालेबाट राम थापाबीच प्रतिष्पर्धामा उत्रेका छन् । यसअघि अध्यक्षका दाबेदार मानिएका वर्तमान वरिष्ठ उपाध्यक्ष यामलाल रसाईलीले लिम्बूलाई समर्थन रहेको जनाउनुभएको छ ।
बरिष्ठ उपाध्यक्षमा गठबन्धनबाट निर्मला चौहान (निरु), स्वतन्त्रबाट ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) र एमालेबाट इन्द्रबहादुर भट्टराई उम्मेद्वार रहनुभएको छ । त्यस्तै, उद्योग उपाध्यक्षमा गठबन्धनबाट प्रभू राई र एमालेबाट सुनिल बोहोरा, बाणिज्य उपाध्यक्षमा गठबन्धनबाट रामप्रसाद धिमाल (बाङ्गाई) र एमालेबाट विकास बुढाथोकीको प्रतिष्पर्धा हुँदैछ ।
त्यस्तै, महासचिबमा स्वतन्त्रतर्फबाट नुतन राई (पिके), टिका भट्टराई (भाईटिका) , गठबन्धनबाट पवन चौधरी र एमालेबाट सम्झना खतिवडा चुनाबी मैदानमा हुनुहुन्छ । उद्योग सचिबमा गठबन्धनबाट भेषबन्धु निरौला र एमालेबाट नन्द शर्मा दाहाल (नविन), वाणिज्य सचिबमा गठबन्धनबाट राजकुमार श्रेष्ठ(मकै) र एमालेबाट विनिता दाहाल चुनाबी मैदानमा हुनुहुन्छ । कोषाध्यक्षमा एमालेले उम्मेद्वार छानेको छैन भने गठबन्धनबाट दशरथ यादब (बेचन) उम्मेद्वार रहनुभएको छ । सदस्यहरुमा गठबन्धनबाट फुर्वा तामाङ, मदन धिमाल, दिपक कार्की, केशव भट्टराई र सोम बहादुर गजमेर उम्मेद्वार रहनु भएको छ । गठबन्धनबाटै लेखा समिति संयोजकमा मनोज लुइटेल, सदस्यहरुमा मोहन पाठक र वासु घिमिरे उम्मेद्वार रहनुभएको छ । यता एमालेले भने दुई जना सदस्यमात्रै उम्मेद्वार चुनाबी मैदानमा उतारेको छ । सदस्यमा सोम सेन्चुरी र कपिलेश्वर नायकको उम्मेद्वारी रहेको छ । अध्यक्षका उम्मेद्वार सिरेङले उद्योगी तथा ब्यवसायीहरुसँग भेटघाट तीब्र पारेका छन् । अघिल्लो निर्वाचनमा अध्यक्ष पदमै पराजित भएका सिरेङ यस पटक निर्वाचन जित्ने योजनाका साथ चुनाबी मैदानमा उत्रिनुभएको छ । अर्का अध्यक्षका प्रत्यासी विनोद न्यौपानेले पनि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणासहित भेटघाट गरिरहनुभएको छ । आम उद्योगी तथा व्यवसायीहरुको सल्लाह र सुझाव अनुसार उम्मेद्वार दिएको बताउँदै आफुले जित्ने बताउँदै आउनुभएको छ । यस्तै, एमालेले राम थापालाई अध्यक्षको रुपमा अघि सारेको छ । उहाँले पनि भेटघाट र छलफल अघि बढाउनुभएको छ ।























