उर्लाबारी । आगामी भदौँ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।
४ राजनैतिक दल सम्मिलित गठबन्धनको तर्फबाट सोमबार उम्मेदवार दर्ता गराएको हो । संघको नयाँ नेतृत्वका लागि गठबन्धनको तर्फबाट अध्यक्षमा तारामान सिरेङ, बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल (बाङ्गाई), महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा दशरथ यादव (बेचन)ले उम्मेद्वारी दर्ता गर्नुभएको छ । त्यस्तै, सदस्यहरुमा फुर्वा तामाङ, मदन धिमाल, दिपक कार्की, केशव भट्टराई र सोम बहादुर गजमेरको उम्मेद्वारी परेको छ । लेखा समिति संयोजकमा मनोज लुइटेल, सदस्यहरुमा मोहन पाठक र वासु घिमिरेको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय