उर्लाबारी । आगामी भदौँ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी साझा गठबन्धनले व्यवसायी तथा उद्योगको घरदैलो कार्यक्रम सुरु गरेको छ ।
उर्लाबारी–८ र ९ बाट मंगलबारदेखि घरदैलो तथा भेटघाट कार्यक्रम सुरु गरेको हो । संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा तारामान सिरेङ लिम्बू, बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान (निरु), उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल (बाङ्गाई), महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा दशरथ यादव (बेचन) रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा फुर्वा तामाङ, मदन धिमाल, दिपेन्द्र कार्की (दिपक), केशव भट्टराई र सोम बहादुर गजमेर रहनु भएको छ । लेखा समिति संयोजकमा मनोज लुइटेल, सदस्यहरुमा मोहन पाठक र वासु घिमिरे गरी १६ सदस्यीय टिमको घोषणा गरिएको छ । उम्मेद्वारसहित चुनाब प्रचारप्रसार समिति मुल संयोजक सुरेन्द्र लिम्बू, सदस्य मात्रिका धिमाल, यामलाल रसाईलीलगायतले पनि उम्मेद्वारको पक्षमा मतदान गर्न अपिल गर्नुभएको छ ।























