उर्लाबारी । आगामी भदौँ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी साझा गठबन्धनको पक्षमा माहोल बढेको छ ।
४ राजनैतिक दल सम्मिलित गठबन्धनको तर्फबाट १६ पदमा १६ जना उम्मेद्वार बनेका छन् । जसमध्ये लेखा समिति संयोजकमा गठबन्धनका मनोज लुईटेल सर्वसम्मत चयन हुनुभएको छ । यतिबेला गठबन्धनका उम्मेद्वारहरुले व्यवसायी तथा उद्योगीहरुसँग भोट मागिरहनुभएको छ । उर्लाबारी–३, ४, ८ र ९ मा अध्यक्षका उम्मेद्वार तारामान सिरेङ लिम्बूसहितको प्यानलले भोट मागिरहेका छन् । यस्तै, उम्मेद्वारहरुले वडा नं. ७ मा पनि भोट मागिरहेका छन् । गठबन्धनका चुनाबी कमाण्डरमा सुरेन्द्र लिम्बूले खटिनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागो, राप्रपाका कोशी प्रदेश कोषाध्यक्ष पूर्ण वाइबा, नेकपा माओवादी केन्द्रका मोरङ सह–इन्चार्ज प्रेम मिभकलगायत चुनाब जिताउन खटिनु भएको छ ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा तारामान सिरेङ, बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान (निरु), उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल (बाङ्गाई), महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा दशरथ यादव (बेचन) रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा फुर्वा तामाङ, मदन धिमाल, दिपक कार्की, केशव भट्टराई र सोम बहादुर गजमेर रहनु भएको छ । लेखा समिति संयोजकमा राप्रपाका तर्फबाट मनोज लुइटेल, सदस्यहरुमा मोहन पाठक र वासु घिमिरे गरी १६ सदस्यीय टिमको घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय