उर्लाबारी । बंलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा भन्दै विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान उर्लाबारी नगर समितिले शनिबार विरोध प्रदर्शन गरेको हो । उर्लाबारी चौकबाट सुरु भएको विरोध प्रदर्शन ¥याली उर्लाबारी नगर परिक्रममासहित उर्लाबारी चौकमा कोणसभामा परिणत भएको थियो । अभियान्ता समिर कुइकेलले अल्पसंख्यक हिन्दुहरूमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताउनुभयो । उहाँले बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले कुटनीतिक माध्यमबाट ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो ।























