उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ७ स्थित मोटरसाईकलबाट लडेर घाईते भएकी उर्लाबारीकी एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ४ बजे मोटरसाईकलमा सवार भई छिमेकी खेमराज कार्कीसँग घर फर्किने क्रममा लडेर घाईते भएकी उर्लाबारी वडा नम्बर ४ की ४२ वर्षिया सर्मिला बोहोराको सोमबार उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाबाट घाईते भएकी महिलाको माइती पक्षले उपचारको लागि उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएतापनि उनको टाउकोमा गम्भीर चोट देखिएकोले थप उपचारको लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा सोमबार विहान ४:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
५० वर्षिय कार्की उर्लाबारी वडा नम्बर ४ स्थित उर्लाबारी वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुन् । मृतकसँगको नाता माईली बडी आमाको बुहारी बताउने उर्लाबारीका युवा व्यवसायी सुनिल बोहोराकाअनुसार क्याम्पस प्रमुख कार्कीले आफ्नो ओहोदा र धनाड्यताको दम्भ देखाउँदै मृतकका छोरालाई धम्की दिई घटनाबारे ढाकछोप गराएको बताएका छन् । बोहोरा भन्छन्, शुक्रबारको घटना रहेछ परिवारमा कसैलाई थाहै भएन । दुर्घटनामा परि मंगलबारे अस्पताल ल्याईएपछि क्याम्पसमा कार्यरत दाहाल थरका एकजना कर्मचारीलाई फोन गरेर छोरालाई अस्पतालमा ल्याउन भनिएको रहेछ । क्याम्पस प्रमुख कार्कीले मृतकका २१ वर्षिय छोरा सुदिप बोहोरालाई धम्की दिई घटनाबारे ढाकछोप गराउन दबाब दिई थप उपचारको लागि विराटनगर लगिएको रहेछ । कार्कीप्रति आक्रोश व्यक्त गर्दै बोहोराले बताएका छन्।
यता मृतक बोहोराका छोरा सुदिपकाअनुसार क्याम्पस प्रमुखले आफुलाई घटनाबारे कसैलाई नबताउन दबाब दिएको बताउँदै उनको लापरवाहीले आफ्नो आमाको ज्यान गएको बताए । उनले भने, “सरले मम्मीलाई घरबाटै मोटरसाईकलमा पछाडि राखेर लिएर जानुभएको थियो । कहाँ जानुभएको थियो,त्यो बारे जानकार त छैन तर फर्किदा दुर्घटनामा पर्नुभएछ । मम्मीको समयमा राम्रो उपचार हुन सकेन, सरले मलाई दबाब दिएकोले उपचारमा सहि तरिकाले काउन्सीलिङ समेत हुन सकेन, अन्त्यमा ममीको ज्यानै गयो ।”
यस्तै मृतकका परिवारले सोमबार ईलाका प्रहरी कार्यालय पथरीमा क्याम्पस प्रमुख कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । यता क्याम्पस प्रमुख कार्कीले सुदिपलाई कुनै पनि धम्की नदिएको बताएका छन् । उनले भने, “म विराटचोकबाट फर्किने क्रममा कानेपोखरीमा उहाँलाई देखेपछि लिफ्ट दिएर सँगै घर फर्किने क्रममा उहाँ आफै बाईकबाट लड्नुभयो । प्रहरीसँगको समन्वयमा एक माईक्रोमा सिट खाली गराई उहाँलाई उपचारको लागि मंगलबारे लगिएको थियो । उहाँको अवस्था सामान्य देखिएतापनि टाउको चोट देखिएकोले डाक्टरले सिटीस्क्यान गर्न विराटनगर रेफर गरिएको थियो ।” तपाइँहरु सँगै कतै गएर फर्किनुभएको त होईन नि भन्ने सबालमा कर्कीले भने, “ईटहरीस्थित एक बहिनीको घरबाट मृतक सर्मिला फर्किने क्रममा कानेपोखरीमा चक्कर लागेकोले रेस्ट गर्न बस्नुभएको रहेछ । मैले देखेपछि उहाँलाई लिफ्ट दिई सँगै घर फर्किएका थियौँ तर उहाँ आफै लडेर घाईते हुनुभयो ।” क्याम्पस प्रमुख कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय