
उर्लाबारी / उर्लाबारीमा महिलामाथी जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासकाअनुसार ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लाबारी वडा नम्बर ८ का ४२ वर्षीय हेमराज डाँगीलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीकाअनुसार आईतबार राती माईती घरमा कोहि नभएको मौका छोपी डाँगीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सोमबार बिहान डाँगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दासले बताएका छन् ।