उर्लाबारी । उर्लाबारी वडा नम्बर २ स्थित सुनपकुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खड्का सम्पर्कविहिन भएका छन् । आईतबार बिहान घरबाट विद्यालय जान भनी हिडेका खड्का साँझसम्म समेत विद्यालयमा नपुगेपछि परिवारले उनको खोजी गरेको। छ ।
उनका भाई विकास खड्काकाअनुसार आईतबार साँझ उनको स्कुटी पथरीशनिश्चरेस्थित कुमारी बैंक अगाडि फेला परेको थियो । खड्काले आफ्नो मोवाइल फोन समेत स्कुटीको डिकीमा छोडेर सम्पर्कविहिन भएको बताईएको छ ।
सम्पर्कविहिन भई हराईरहेका प्रधानाध्यापक खड्कालाई कहिकतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावलाई निम्न नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारी 9852091148
विकास खड्का 9804578868‌, 9852091148
ईलाका प्रहरी कार्यालय पथरी 9852033914

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय