
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौं ९ गते हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेद्वार बन्नुभएका ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) को पक्षमा मतदाताहरु देखिएका छन् ।
मंगलबार उर्लाबारी–७ को चिउरामिल, बरगाछी हुँदै उर्लाबारी चौकसम्म व्यवसायी तथा उद्योगीहरुसँग भेटघाट र मतदानका लागि अपिल गर्नुभएको छ । उद्योगी तथा व्यवसायीहरुले यस पटक बरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई जिताउन अपिल समेत गरेका छन् । उर्लाबारी–३ मंगलबारेका ब्यवसायी रमेश श्रेष्ठले ब्यवसायीहरुको हितमा काम गर्ने सक्ने उम्मेद्वार भएकाले श्रेष्ठको पक्षमा मत माग्न खटिएको बताउनुभयो ।
२०७०–२०७२ सम्म उर्लाबारी बाणिज्य संघको कोषाध्यक्ष भई उहाँले काम गरिसक्नुभएको छ । उहाँ उर्लाबारी–७ स्थित श्रेष्ठ ज्वेलरीका सञ्चालक हुनुहुन्छ ।
२०५६ सालदेखि सुनचाँदी व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले उर्लाबारीका विभिन्न संघसंस्थामा रहेर काम गरिसकेको अनुभव छ । मिठो बचन, मिजासिलो र सहयोगी भावनाका श्रेष्ठलाई उर्लाबारीका अधिकांश व्यवसायीहरुले रुचाउने गरेका छन् । श्रेष्ठ उर्लाबारी जेसीजको अध्यक्ष, नेपाल सुनचाँदी महासंघको पूर्व केन्द्रीय सदस्य, मोरङ सुनचाँदी व्यवसायी संघ उर्लाबारीको केन्द्रीय अध्यक्ष भई काम गर्नुभएको छ ।
नयाँ सोच र भिजनले रचनात्मक काम गर्दै वाणिज्य संघको उचाई अझैमाथि पु¥याउने लक्ष्यका साथ उहाँ वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । उहाँले सबै व्यवसायीको हकहितको काम गर्दै सडक देखि सटरसम्मका व्यवसायीहरुलाई बाणिज्य संघको अपनत्व दिलाउने काम गरेर छोड्ने बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको साझा थलो आवश्यक रहेको बताउनुभयो । व्यवसायीहरुका समस्या समाधान गर्न र आम सामाजिक काममा उद्योग वाणिज्य संघको भूमिका अहम हुनुपर्ने उहाँको भनाई छ ।