
उर्लाबारी । मोरङको उर्लाबारी वडा नम्बर २ स्थित सुनपकुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खड्का भेटिनुभएको छ ।
आईतबार बिहान घरबाट विद्यालय जान भनि हिडेका खड्का साँझसम्म समेत विद्यालयमा नपुगेपछि परिवारले उहाँको खोजी गरेको छ । खोजीको क्रममा चितवनको भरतपुरमा भेटिनु भएको उहाँका भाई विकास खड्काले जानकारी दिनुभयो । आईतबार साँझ उहाँको स्कुटी पथरीशनिश्चरेस्थित कुमारी बैंक अगाडि फेला परेको थियो । खड्काले आफ्नो मोवाइल फोन समेत स्कुटीको डिकीमा छोडेर सम्पर्कविहिन हुनुभएको थियो ।