झापाको दमकमा गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।


तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका हुन् । लिड नेपाल झापाको आयोजनामा गत बर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।


त्यसैक्रममा यसपालि पनि उनीहरु र उनीहरुको अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागितामा झापाको दमकमा ¥याली निकालेका छन् ।

संस्थाको कार्यालयबाट सुरु भएको ¥याली दमक नगरपरिक्रममा गर्दै पुनः संस्थाको कार्यालयमा आएर समापन भएको थियो । कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री तथा माओवादी नेता झलकसिं दर्लामी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि यही समाजका व्यक्तिहरु भएकाले फरक नजरले हेर्न नहुने बताउनुभयो ।

 


यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण गराएका छन् । लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू चञ्चलाले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताउनुभयो । कार्यक्रम सञ्चालन संस्थाका अध्यक्ष सुशिल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय