उर्लाबारी । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मोरङको उर्लाबारीमा भब्य रथयात्रा निकालिने भएको छ ।
श्रीकृष्ण रथयात्रा व्यवस्थापन नगर समिति उर्लाबारीले श्रीकृष्ण जन्माष्टमी पर्व एवं रथयात्रा नगर परिक्रममासहित भब्यताको साथ मनाउने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना श्रीकृष्ण जन्माष्टमी पर्व एवं रथयात्राका बारेमा जानकारी गराइएको छ ।
उर्लाबारी नगरीकै सांस्कृतिक एवं धार्मिक गौरब र गहनाको रूपमा रहेको रथयात्रा लाई भव्य व्यवस्थित बनाउने संयोजक यमुना राईले जानकारी दिनुभयो । भाद्र १० गते सोमवार विहान ७ बजेदेखि ११ बजे सम्म पूजा आराधना, दिउँसो श्रीकृष्ण महिमा कथा प्रवचन, बेलुकी भजन किर्तन, झाँकी प्रदर्शन, श्रीकृष्ण जन्मोत्सव लगायतका महत्वपूर्ण धार्मिक अनुष्ठान का कार्यक्रम रहने उहाँले बताउनुभयो । उर्लाबारी– ७ राधाकृष्ण मन्दिर वाघखोरमा हुने भाद्र ११ गते मंगलवारका कार्यक्रम अनुसार बिहान श्रीकृष्ण पूजा आरती, समुद्घाटन, शुभकामना आदान प्रदान गरिने संयोजक राईको भनाई छ । सोही दिन दिउँसो १ बजे देखि उर्लाबारीका विभिन्न स्थानमा रथ परिक्रममा गरिने समितिका सचिव चन्द्रा कार्कीले बताउनुभयो । मोरङ क्षेत्र नं. १ का सांसद एवं पूर्वमन्त्री डिगबहादुर लिम्बुको प्रमुख आथित्यमा कार्यक्रम हुने आयोजकले जनाएको छ । सो कार्यक्रममा ४ लाख खर्च अनुमान गरिएको कोषाध्यक्ष डम्बर बहादुर भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय