
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) व्यवसायीहरुसँग भेटघाट तथा भोट माग्न सक्रियतापूर्वक लागि पर्नुभएको छ ।
बुधबार उहाँले उर्लाबारी–६ को हाटखोला, उर्लाबारी चौकलगायतमा भोट माग्ने कार्यक्रम गरिएको छ । उम्मेद्वार श्रेष्ठको पक्षमा व्यवसायी तथा उद्योगीहरु उभिएका छन् । उर्लाबारी–७ स्थित श्रेष्ठ ज्वेलरीका सञ्चालक श्रेष्ठ बरिष्ठ उपाध्यक्षको उम्मेद्वार बनेपछि उहाँलाई जिताउन स्वम् व्यवसायीहरु नै भोट माग्न जुटेका छन् । २०५६ सालदेखि सुनचाँदी व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले उर्लाबारीका विभिन्न संघसंस्थामा रहेर काम गरिसकेको अनुभव छ श्रेष्ठ उर्लाबारी जेसीजको अध्यक्ष, नेपाल सुनचाँदी महासंघको पूर्व केन्द्रीय सदस्य, मोरङ सुनचाँदी व्यवसायी संघ उर्लाबारीको केन्द्रीय अध्यक्ष भई काम गर्नुभएको छ ।
नयाँ सोच र भिजनले रचनात्मक काम गर्दै वाणिज्य संघको उचाई अझैमाथि पु¥याउने लक्ष्यका साथ उहाँ वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । उहाँले सबै व्यवसायीको हकहितको काम गर्दै सडक देखि सटरसम्मका व्यवसायीहरुलाई बाणिज्य संघको अपनत्व दिलाउने काम गरेर छोड्ने बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको साझा थलो आवश्यक रहेको बताउनुभयो । व्यवसायीहरुका समस्या समाधान गर्न र आम सामाजिक काममा उद्योग वाणिज्य संघको भूमिका अहम हुनुपर्ने उहाँको भनाई छ ।