उर्लाबारी । भदौं ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि चार प्रमुख राजनैतिक दलका प्रतिनिधिहरूको समन्वयमा बनेको ‘लोकतान्त्रिक समावेशी व्यावसायी साझा गठबन्धन’ले भेटघाट तथा भोट माग्ने कार्यक्रम गरेको छ ।
विहीबार उर्लाबारी–७ को बरगाछीदेखि उर्लाबारी–५ र ६ को हाटखोला, उर्लाबारी चौकलगायत क्षेत्रमा भोट माग्ने कार्यक्रम गरेको हो । तारामान सिरेङ लिम्बूको नेतृत्वमा रहेको टिमको पक्षमा व्यवसायीहरुको साथ रहेको छ । संघमा आबद्ध सदस्य व्यवसायीहरूलाई २ लाख बराबरको निःशुल्क दुर्घटना विमालगायतका योजना गठबन्धनले ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय