उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौं ९ गते हुने निर्वाचनका लागि उम्मेद्वारहरुको दौडधुप बढेको छ ।
नेपाली कांग्रेसको (डिगबहादुर लिम्बू समूह) लगायतको समर्थनमा अध्यक्ष पदको उम्मेद्वार बन्नुभएका विनोद न्यौपाने र बरिष्ठ उपाध्यक्षको उम्मेद्वार ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) ले व्यवसायी तथा उद्योगीहरुसँग भोट मागिरहनुभएको हो । उर्लाबारी–७ को चिउरामिल, बरगाछी, चौकलगायत क्षेत्रमा भेटघाट तथा भोट माग्ने कार्यक्रम गरिएको छ ।
संघका पूर्वअध्यक्ष तेजकुमार रिजाल, कल्याण राजभण्डारी, प्रितम खड्गी, प्रेमचन्द्र बाहेतीलगायतको समर्थनमा उक्त टिम चुनाबी मैदानमा उत्रिएको छ । अध्यक्षका उम्मेद्वार न्यौपाने र बरिष्ठ उपाध्यक्षका उम्मेद्वार श्रेष्ठ दुबै कांग्रेस समर्थक हुन् । पार्टीले तारामान सिरेङ लिम्बूलाई सर्वसम्मत उम्मेद्वार बनाएपछि नेपाली कांग्रेसको (डिगबहादुर लिम्बू समूह) ले न्यौपाने र श्रेष्ठलाई अघि सारेको थियो । कांग्रेसका बागी उम्मेद्वारहरुलाई विजयी गराउन नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले नेतृत्व गरिरहनुभएको छ भने कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, मुक्तिप्रकाश न्यौपाने, दिपेन्द्र धिमाललगायत पनि सक्रियतापूर्वक निर्वाचनमा खटिनुभएको छ । अध्यक्षका उम्मेद्वार न्यौपानेले आम ब्यवसायी तथा उद्योगीहरुको स्वतन्त्र उम्मेद्वार आफुहरु रहेको बताउँदै भोट मागिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय