उर्लाबारी । उर्लाबारीका युवा व्यवसायी नुतन राई व्यापारी माझ परिचित नाम हो । उर्लाबारी–५ चौकमा पर्शु किराँत ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आउनुभएका राई लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आउनुभएको छ ।
उहाँले तमाम ब्यवसायीहरुका समस्या समाधानका लागि सम्बन्धित स्थानमा आवाज बुलन्द गर्न उर्लाबारी उद्योग बाणिज्य संघको महासचिव पदको उम्मेद्वार बन्नुभएको छ । आइतबार हुने निर्वाचनमा उहाँको पक्षमा पल्लाभारी हुने देखिएको छ । आम उद्योगी तथा ब्यवसायीहरुको रोजाई बन्नुभएका राई संघको सदस्य पद रहँदा व्यापारी व्यवसायीका हकहित, विकृति, विसंगतिको बारेमा दर्बिलो आवाज उठाउनु भएको थियो । जसले गर्दा पनि उहाँप्रति ब्यवसायीको विश्वास देखिन्छ । एक दशकभन्दा बढीदेखि व्यापार व्यवसायमा लाग्नु भएका राई कुशल, असल व्यवसायीका रुपमा चिनिनुहुन्छ । व्यापारी, व्यवसायीका समस्या समाधान गर्न अहारोत्र खट्ने राई विभिन्न संघ संस्थामा रहेर सक्रिय योगदान गरिसक्नु भएको छ । आश्वासन बाँड्ने मात्रै होइन, समस्यामा परेका उद्योगी व्यवसायीहरूको हितमा काम गरेर देखाउनेमा पर्नुहुन्छ, नुतन राई ।
उहाँ भन्नुहुन्छ, ‘उर्लाबारी क्षेत्रका उद्योगी व्यवसायीको वास्तविक पीरमर्का मलाई राम्रोसँग थाहा छ । मेरो महासचिब पदमा दिइएको उम्मेद्वारी मतका लागि आश्वासन बाँड्ने मात्रै होइन, समस्यामा परेका उद्योगी व्यवसायीहरूको हितका काम गर्नकै लागि हो ।’
निर्वाचनका बेलामा केके न गर्छु भन्ने र विजयी भएपछि हल्लाखल्ला बाहेक माखो मार्न नसक्ने उद्योगी व्यवसायीहरूको नेता बन्ने रहर आफूमा फिटिक्कै नभएको राईको भनाई छ । उहाँ भन्नुहुन्छ ‘म थोरै बोल्छु । तर बोलेको कुरा पूरा गर्छु । झुटा कुरा गरेर म मतदाताहरूको अमूल्य मतको अवमूल्यन कुनै पनि हालतमा गर्दिनँ । यो कुरा सबैले लेखेरै राखे पनि फरक पर्दैन ।’ स्वतन्त्रतर्फबाट महासचिबका उम्मेद्वार बनेका राईले उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले निर्वाचन जित्ने बताउनुहुन्छ । उहाँलाई महासचिब पदमा क्रम संख्या २ मा मतदान गरी विजयी गराउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय