उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको चुनाबी साधारणसभाबाट अध्यक्षमा कांग्रेसका तारामान सिरेङ निर्वाचित हुनुभएको छ ।
लिम्बुले ३१ मतको अन्तरले उहाँका निकटतम प्रतिद्वन्दी विनोद न्यौपानेलाई पराजित गर्नुभएको हो । अध्यक्ष सिरेङले ५ सय १२ मत प्राप्त गर्नुभयो भने न्यौपानेले ४ सय ८१ मत पाउनुभयो । सिरेङ नेपाली कांग्रेस समर्थक व्यवसायी हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन रहेको थियो । न्यौपानेलाई पाँच जना पूर्वअध्यक्षसहितको समर्थन रहेको थियो । एमालेका रामबहादुर थापाले १ सय २७ मत मात्रै पाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय