उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष तारामान सिरेङ लिम्बूले मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।
२०८१ भदौं ९ गते सम्पन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनबाट सिरेङ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले आफुलाई विजयी गराउन सहयोग गुर्नहुने उद्योगी, व्यवसायी, शुभचिन्तकहरुप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले निर्वाचनका क्रममा अग्रपंतिमा खटिएर विजय गराउन सहयोग गर्नुहुने पार्टीका प्रतिनिधि, निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, संघसंस्था, पत्रकार तथा सुरक्षाकर्मी सम्पूर्णलाई धन्यवाद दिनुभएको छ । सिरेङले आफ्नो प्रतिबद्धताअनुसार व्यवसायी तथा उद्योगीहरुको हितमा काम गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय