
उर्लाबारी । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौंथो पूर्ण बैठकबाट उर्लाबारी नगर कमिटीको इन्चार्जमा भीष्मा रेग्मी चयन हुनुभएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य उर्लाबारी–४की रेग्मीलाई उर्लाबारीको इन्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै, प्रदेश कमिटी सदस्य उर्लाबारी–४ की ज्योति चौहानलाई युवा तथा खेलकुद विभाग कोशीको उपप्रमुखको जिम्मेवारी दिएको छ ।
त्यस्तै, प्रदेश कमिटी सदस्य उर्लाबारी–७ का योगेश बस्नेतलाई युवा तथा खेलकुद विभाग कोशीको इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै, प्रदेश कमिटी सदस्य भूपाल जिमीलाई मोरङ क्षेत्र नं. १ (१) को इन्चार्जको जिम्मेवारी दिएको छ ।