
उर्लाबारी । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय सदस्यमा राजनकुमार कँडेल निर्वाचित हुनुभएको छ ।
सर्वाधिक मतका साथ कँडेल सदस्यमा निर्वाचित हुनुभएको हो । कँडेलले ३ सय ५४ मत ल्याउनुभएको छ । निर्वाचनमा उहाँको जति कुनै पनि पदमा मत आएको छैन ।
उर्लाबारी–२ निवासी कँडेल नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ भने उर्लाबारी नगरपालिका वडा नं. २ को वडाध्यक्ष पनि हुनुहुन्छ । दुई कार्यकाल सानदार मतका साथ जनप्रतिनिधिमा निर्वाचित हुनुभएका कँडेल लोकप्रिय जनप्रतिनिधिमा गनिनुहुन्छ ।