उर्लाबारी ।मोरङको उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवस मनाइएको छ ।
बुधबार उर्लाबारी–५ मा रहेको आकार फाउन्डेसनले विविध कार्यक्रम गरी अटिजम सचेतना दिवस मनाएको हो । कार्यक्रममा विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै अटिजम भएका बालबालिकाका अभिभावकहरूलाई सम्मान गरिएको छ ।

May be an image of 1 person, dais and text

कार्यक्रममा पन्चावती अस्पताल उर्लाबारीका निर्देशक बालचन्द्र सुब्बाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा डा. राकेश मेहता, संस्थाका सल्लाहकार हेमचन्द्र भट्टराई तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको दौरान संस्थाका शिक्षिकाहरूले ‘आकार’ गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । अभिभावक तर्फबाट गणेश सुवेदीले मन्तव्य राख्दै अटिजम भएका बालबालिकाको हकहितका लागि आकार फाउन्डेसनले पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । २०७७ मा स्थापना भएको आकार फाउन्डेसनले उर्लाबारीलगायतका क्षेत्रमा अटिजम भएका बालबालिकालाई विभिन्न सेवा प्रदान गर्दै आएको छ । हालसम्म १ हजार २ सय भन्दा बढी बालबालिकाले यस संस्थाबाट सेवा प्राप्त गरिसकेका छन् भने हाल ७५ जना अटिजम भएका बालबालिकाहरू थेरापी लिइरहेका छन् । संस्थाकी निर्देशक तथा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक प्रिशिमा थापाका अनुसार हाल फाउन्डेसनमा २८ जना कर्मचारी कार्यरत रहेका छन् ।संस्थाले दमक र बिर्तामोडमा सेवा विस्तार गर्ने तयारी गरिरहेको बताएको छ । कार्यक्रमले अटिजम सचेतनाका साथै अभिभावकहरूलाई प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।

May be an image of 8 people and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय