उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगर समितिको दोस्रो अधिवेशन बैशाख २० गते हुने भएको छ ।
उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहलमा दोस्रो नगर अधिवेशन हुने भएको प्रदेश कोषाध्यक्ष पूर्ण वाइबाले जानकारी दिनुभयो । नयाँ नेतृत्व चयन गर्ने भएकाले अधिवेशनलाई चासोका साथ हेरिएको छ । हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले उर्लाबारीमा संगठनलाई मजबुद र चययमान बनाउने रणनीतिमा रहेको छ । ‘वडा तहको अधिवेशन सकेर नगरको अधिवेशनमा जुटेका छौं’ कोशी प्रदेश कोषाध्यक्ष वाइबाले भन्नुभयो–‘सकभर सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास हुनेछ, सहमति नभए सद्भावपूर्ण तरिकाले निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय