उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगर समितिको अध्यक्षमा देवीप्रसाद दाहाल र प्रतिक आचार्यले दाबी गर्नुभएको छ ।
बैशाख २० गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । दाहाल र आचार्य दुबैले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । दाहालले नगरअध्यक्ष भई काम गरिसक्नुभएको छ भने हाल क्षेत्रीय उपाध्यक्ष रहनुभएको छ । आचार्य हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा खरो वकालत गर्दै आउनुभएको छ । युवा नेतृत्वमा स्थापित हुनु पर्ने धारणासहित उहाँले आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । यसपटक सबै अग्रज नेता तथा कार्यकर्ताहरुको समर्थनमा सर्वसम्मत आफु अध्यक्ष बन्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय