
झापा- सवारी दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको मृत्यु भएको छ।
बिहीबार साँझ करिब ६ बजेको समयमा उदयपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नं.को स्करपियो गाडी आफैं अनियन्त्रित भइ सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाइ दुर्घटना हुँदा बस्नेतको मृत्यु भएको हो।
बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो।
सवारी चालक जिल्ला झापा दमक नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष बर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५४ को कमल श्रेष्ठ, दमक नगरपालिका वडा नं. २ बस्ने बर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका वडा नं. १ बस्ने बर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।