
उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) उर्लाबारी नगर समितिको अध्यक्षमा देवीप्रसाद दाहाल र प्रतिक आचार्यबीच मतदान जारी रहेको छ । उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बाको सभाहलमा मतदान जारी रहेको हो । अध्यक्षमा दाहाल र आचार्यबीच प्रतिष्पर्धा भइरहेको छ भने अन्य पदमा सर्वसम्मत चयन भएको छ ।