उर्लाबारी । मोरङको उर्लाबारी–६ मा रहेको राधिका माध्यमिक विद्यालयले शिक्षक तथा अभिभावक संघ र विद्यालय ब्यवस्थापन समितिमा रहेका सबैका छोराछोरी अनिवार्य सोही विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ ।
विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले सो निर्णय गरेको हो । उर्लाबारीकै नमूना विद्यालयको रुपमा रहेको राधिका माध्यमिक विद्यालयले विद्यार्थी र अभिभावकको मत जित्दै आइरहेको छ ।
विद्यालयका कार्यरत शिक्षक, कर्मचारी, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एबं सदस्यहरुका छोराछोरीलाई राधिका माबिमै अनिवार्य पढाउने निर्णय गरिएको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । उहाँले राधिका माबिप्रति अभिभावक र विद्यार्थीहरुको थप विश्वास जित्दै गुणस्तर शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली र अंग्रेजी दुबै माध्यममा पढाई हुँदै आएको राधिका माबिमा ३ हजार हाराहारी विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय