
उर्लाबारी । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाल मोरङको अध्यक्षमा पुनः योगेन लिम्बू सर्वसम्मत चयन हुनुभएको छ ।
मोरङको बेलबारीमा भएको भेलाले उपाध्यक्षमा मोहम्मद रेहान, कमल लिम्बू, कृतिका खनाल, सचिबमा सुशन खड्का, सह–सचिवमा रोशन राई,
जमिन मङ्ग्राती, महेन्द्र सोनार र कोषाध्यक्षमा इन्द्रबहादुर राई रहनुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा), केन्द्रीय सदस्य कुलप्रसाद साम्बा लिम्बू (कुशल), माओवादी नेता प्रेम मिभक, दिनेश पौडेललगायतको सहभागिता रहेको थियो ।