उर्लाबारी, उर्लाबारीमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘बिपि अध्ययन प्रतिष्ठान’ को नगर समिति विस्तार गरिएको छ।
बुधवार उर्लाबारी–७ स्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सोमप्रसाद तिम्सिना (राम)को अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति गठन गरिएको हो।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा धु्रवचन्द्र पराजुली, महिला उपाध्यक्षमा मेनुका लुईटेल, सचिवमा रेवत सुवेदी, कोषाध्यक्षमा रेखा लिम्बू, सह–सचिवमा विवेक बस्नेत चयन भएका छन्।
यस्तै सदस्यहरूमा तिलक नेपाली, देवा कुमारी सुवेदी, जिना बस्नेत, बोधराज अधिकारी, विजय धिमाल, विवेक खतिवडा, रोमन थापा, बबिता रायमाझी, छुनुमाया याख्खा, प्रवीन बस्नेत, ईश्वर वाग्ले, गीतादेवी अधिकारी र बिमला सुब्बा रहेका छन्।
त्यस्तैगरी कार्यक्रममा चार सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकारमा दुर्गाप्रसाद खतिवडा, डा. मोहन शम्शेर थापा, भैरव कार्की, लक्ष्मी ढकाल रहेका छन्।
सो कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले मनोनयन पत्र वितरण गरेका थिए । यस्तै नगर सभापति सुरेन्द्र लिम्बुले खादा लगाएर सफल कार्यकालको शुभकामना दिए।
सो अवसरमा बोल्दै प्रमुख अतिथि फागोले बिपिको आदर्श र सिद्धान्तलाई आम जनतासम्म पुर्‍याउनु आजको आवश्यकता भएको बताए।
कार्यक्रममा कांग्रेसका नगरस्तरिय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बिपि अध्ययन प्रतिष्ठान वि.सं. २०५९ मा स्थापित कांग्रेसको शुभेच्छुक संस्था हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय