
उर्लाबारी । कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको आइजोन इन्टरनेटले पूर्वी नेपालमा सञ्जाल फैलाउँदै आएको छ । मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको आइजोनले झापा, मोरङ, इलाम र सुनसरीका गाउँ, शहरमा इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक निर्देशक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
सधैँ सबैका लागि भन्ने उद्घोषका साथ अघि बढेको आइजोन इन्टरनेटमा नेट टिभी, टाइम व्याक सर्भिसलगायतका विशेषता रहेका छन् । निर्देशक श्रेष्ठका अनुसार गुणस्तरलाई प्राथमिकता दिँदै सहुलियत दरमा सेवा प्रदान गर्दै आएको छ ।
आइजोनले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्य गर्दै आएको छ । उर्लाबारीका ४० वटा सामाजिक तथा सञ्चार संस्थालाई निःशुल्क इन्टरनेट प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।