
उर्लाबारी । गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको सप्तकोशी अंग्रेजी बोर्डिङ स्कुलले १ सय १० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।
बुधबार विद्यालय परिसरमा एक कार्यक्रमका बीच अभिभावकहरुको उपस्थितिमा २२ लाख ६४ हजार ६ सय १ रुपैयाँ बराबरको छात्रबृत्ति वितरण गरेको हो । विद्यालयमा अध्ययनरत दलित, जेहन्दार, जनजाति, द्वन्दपीडित, गरीब, अपाङ्ता भएकालगायतका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । ३३ प्रतिशतदेखि सतप्रतिशतसम्म विद्यार्थीहरुले छात्रबृत्ति पाएका छन् । सामाजिक उत्तरदायित्वअन्तरगत प्रत्येक बर्ष कार्यक्रम नै गरेर विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्ने उर्लाबारीकै पहिलो विद्यालय सप्तकोशी बोर्डिङ पर्दछ । प्रत्येक बर्ष यो विद्यालयले लाखौं बराबरको विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्न, अभिभावक वर्गलाई उत्प्रेरणा प्रदान गर्न र विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन बिद्यालयले प्रत्येक बर्ष छात्रबृत्तिका लागि आवेदन माग गरेर निष्पक्ष ढंगबाट छात्रबृत्ति वितरण गरिरहेको संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।
२०५० सालमा स्थापना भएको उक्त विद्यालयले वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै आएको छ भने अतिरिक्त कृयाकलापमा अब्बल सावित रहेको छ । सप्तकोशी बोर्डिङमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेका छन् । सप्तकोशी बोर्डिङ गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा अग्रस्थानमा देखिएको छ । पूर्वी मोरङकै उत्कृष्ट नीजि विद्यालयको रुपमा आफूलाई स्थापित भएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुँदै आएको छ । स्थापनाकालबाट नर्सरीदेखि कक्षा ३ सम्म पढाई आरम्भ गरेको गरेको थियो । २०५८ सालमा पहिलो पटक एसएलसीमा परीक्षामा सहभागी भएको सप्तकोशीले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । २०६६ सालदेखि प्लस टु सुरु गरेको सप्तकोशीले ब्यवस्थापन र विज्ञान संकाय सञ्चालन गर्दै आएको छ । विद्यालयमा ६२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । सप्तकोशीले गुणस्तरीय एबं ब्यवहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको छ । सबैको रचनात्मक समन्वय, सहकार्य, दृढ इच्छाशक्ति, संकल्प, पारदर्शिता, जवाफदेहिता र समर्पणबाट प्राप्त अपेक्षित उपलब्धि प्रतिको जनजनको सन्तुष्टि नै गुणस्तरीय शिक्षा हुने विद्यालयको ठम्वाई छ । सप्तकोशीले कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, मन्टेश्वरी कक्षा, विद्यालय परामर्श सेवा, अतिरिक्ता क्रियाकलाप, शैक्षिक भ्रमण, हाईकिङ, विद्यार्थी परामर्श सेवा, अतिरिक्ता कक्षा, मोटिभेसनल कक्षा, जीवन सीप कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
पूर्व प्राथमिक तहमा मन्टेस्वरी विधिबाट अध्यापन, एसएलसी परीक्षामा उच्च श्रेणीमा सत प्रतिशत नतिजा,दक्ष, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन,स्वच्छ, एकान्त एवं सुविधा सम्पन्न नवनिर्मित विद्यालय भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुद र अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, कम्प्युटर शिक्षा तथा स–साना नानीहरुका लागि विशेष रेखदेखको व्यवस्था, समय सापेक्ष प्राविधिक शैक्षणिक क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको विद्यालयका संस्थापक प्रिन्सीपल भट्टराईले जानकारी दिनुभएको छ ।
विद्यालयले गुणस्तरीय शिक्षा प्रदानलाई प्राथमिकतामा राखेर अघि बढिरहेको अध्यक्ष बैजयन्ती मिश्रले बताउनुभयो । विद्यालय २ विघा क्षेत्रफलमा रहेको र १ विघामा खेलमैदान निर्माण गरिएको छ । विद्यालयले कक्षा प्रथम, गरिब तथा विपन्न, सहिद, बेपत्ता परिवारलाई पूर्ण र आशिंक छात्रबृत्तिको ब्यवस्था गरेको छ । जसले गर्दा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरुले समेत त्यहाँ पढ्न पाएका छन् । बालबालिकाहरुको उचित तबरको हेरचाह र बृत्तिविकास लागि सप्तकोशी अब्बल ठहरिएको छ । बालबालिकाको राम्रो पढाइको बलियो जग बसाल्न पनि स्कुल प्रभावकारी सावित भइसकेको छ । पढाईको अलवा विद्यालयले खेलुकलाई पनि प्राथमितामा राखेको छ । बिद्यालयले बार्षिक रुपमा सप्ताह ब्यापी खेलकुद कार्यक्रम गर्दै आएको छ । संस्थापक प्रिन्सीपल भट्टराईले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको बताउनुभयो । स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने कामममा विशेष काम गर्ने गरेको पनि उहाँले बताउनुभयो । बिद्यार्थीहरुको प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले बालबालिकाका नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो । स्कुलले बालबालिकालाई उच्च नैतिक संस्कारसँगै समाजमा घुलमिल हुनसक्ने ब्यवहारिक सीप पनि सिकाउने गरेको उहाँको भनाई छ । यो स्कुलमा प्रशिक्षकबाटै डान्स, म्युजिक, खेलकुद, आट्र्स, साहित्यलगायतको कक्षा लिने गरिएको छ ।