
उर्लाबारी । शोभा चेम्जोङ पालुङ्वा कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश ससंदीय दलकी सचेतक हुनुहुन्छ । कांग्रेसबाट समानुपातिकतर्फबाट सांसद बन्नुभएकी पालुङ्वा निरन्तर जनताको पक्षमा सशक्त रुपमा संसदमा प्रस्तुत हुँदै आउनुभएको छ ।
उहाँ संसद जनताको आवाज सशक्त ढंगले प्रस्तुत गर्ने सांसदमध्ये अग्रसूची भित्र पर्नु हुन्छ । चुनावमा मात्रै हैन, दुःखमा पनि जनताकै नजिक छु भन्ने सन्देश सांसद पालुङ्वाले प्रवाह गरिरहनुभएको छ । विकास निर्माणका काम होस् वा कुनै सामाजिक कार्यमा उहाँ सधैं अग्रमोर्चामा रहेर काम गरिरहनुभएको छ । जनताका समस्यामा जनतासँगै रहेर काम गर्नु पर्छ भन्ने उदाहरण उहाँले दिइरहनुभएको छ । जेष्ठ नागरिक, एकल महिला तथा बालबालिकाको क्षेत्रमा उहाँले आफ्नै रकम खर्चेर भ्रमण तथा सहयोग गर्दै आउनुभएको छ । मोरङ क्षेत्र नं. १ मा विकासका योजना भित्र्याउन प्रदेश सरकार वा संघीय सरकारमा निरन्तर लबिङ गर्दै आउनुभएको छ । उहाँका पहलमा धेरै योजना परेका छन् । जनताको सेवक भएर काम गर्ने उहाँले प्रण लिनुभएको छ । शालिन छविकी पालुङ्वा कांग्रेस महासमिति सदस्यसमेत रहनुभएको छ । उहाँ नेपाल महिला संघको केन्द्रीय सदस्य भई काम गरिसक्नुभएको छ । महिला सशक्तिकरणका सवालमा सशक्त आवाज उठाउँदै आउनु भएकी पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्छ । उर्लाबारी– ५ निवासी पालुङ्वा एकल महिला हुनुहुन्छ ।
कांग्रेस क्षेत्रीय सभापति रहनु भएका उहाँका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भएपछि राजनीतिमा होमिनु भएको थियो । हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आउनुभएकी उहाँ सरल र मिलनसार स्वभावकी हुनुहुन्छ ।