संगिता राई
 नेपाल विविध जातजाति, भाषा, संस्कृति र धर्मको साझा फूलबारी हो । यही फुलबारीको सुन्दर केन्द्र बिन्दु हो—कोशी प्रदेश अन्तर्गत मोरङ जिल्लाको पूर्वी भागमा अवस्थित पथरीशनिश्चरे नगरपालिका । ११९.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा २०७८ को जनगणना अनुसार ७२ हजार ४५१ जनसंख्या बसोबास गर्छन् भने यहाँ १७ हजार ९८० घरधुरी रहेका छन् ।
पथरीशनिश्चरे नगरपालिकामा ३३ भन्दा बढी भाषाभाषी समुदायको बसोबास छ, जसमा आदिवासी जनजातिहरूको उल्लेखनीय उपस्थिति छ । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्को तथ्याङ्क अनुसार यहाँ १८ आदिवासी जनजाति समुदाय बसोबास गर्छन्न् । राई, लिम्बु, गुरुङ, श्रेष्ठ, तामाङ, मगर, धिमाल, भूजेल, याख्खा, शेर्पा, संथाल, उराव, दनुवार, सुनुवार, चौधरी, भाझी, याम्फु र कुलुङ प्रमुख हुन् ।
यी समुदायहरूको मौलिक भाषा, संस्कार, परम्परा र जीवनशैलीले पथरीशनिश्चरे मात्र नभई सिंगो नेपाली समाजलाई सांस्कृतिक बहुलताको गहिरो परिचय दिएको छ । आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न २०५८ सालमा स्थापित आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् आज पनि सक्रिय रूपमा काम गरिरहेको छ । देवेन्द्र वनेमको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भई स्थानिय तहसँग समन्वय गर्दै नीति तथा कार्यक्रम सञ्चालनमा संलग्न छ ।
महासंघले आदिवासी जनजातिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ड्राइभिङ, बारिष्टा, कुक, धूप बनाउने, सिपमूलक र उद्यमशीलता सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको छ । यसले रोजगारी सिर्जना तथा समुदायको समग्र सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
वर्तमानमा नगरपालिकाका वडा नं ५, ६, ७, ९ र १० मा वडा समन्वय परिषद् समेत गठन गरिएका छन् । यी वडाहरूमा रहेका मठमन्दिर र धर्म–संस्थाहरू आदिवासी समुदायको सांस्कृतिक र धार्मिक अभ्यासको केन्द्र बनेका छन् ।
धार्मिक स्थलहरूः
वडा नं १० मा रहेको सिरिजंगा धार्मी वन लिम्बु समुदायको पवित्र स्थान हो, जहाँ विशेष पूजा गरिन्छ ।
वडा नं १ मा रहेको किरात राई यायोख्खा साकेला थान राई समुदायको सांस्कृतिक केन्द्र हो, जहाँ हरेक वर्ष साकेला पर्व धुमधामले मनाइन्छ ।
मगर घेदुङ लगायतका अन्य धार्मिक संस्थाहरू पनि समुदायको पहिचान र संस्कृति जगेर्नामा लागिपरेका छन् ।
प्रमुख पर्वहरूः
पथरीशनिश्चरेका आदिवासी जनजातिहरूले आ–आफ्ना मौलिक पर्वहरू हर्षोल्लासपूर्वक मनाउने गरेका छन्, जसमध्ये केहि उल्लेखनीय छन् ।
साकेला (सिली÷उभौली र उधौली) – साकेला पर्व राई समुदायको सबैभन्दा प्रमुख, पवित्र र मौलिक सांस्कृतिक तथा धार्मिक पर्व हो । यसलाई साकेला सिली, साकेला उभौली (बैशाखमा) र साकेला उधौली (मंसिरमा) गरिन्छ । यो पर्व प्रकृति, पुर्खा र भूमिपूजनप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो, जहाँ देवता “परुहाङ“ र “सुम्हाङ“ लाई पूजा गरिन्छ ।
साकेला उभौली (बैशाख)मा रोपाइँको सिजन सुरु हुँदा मनाइन्छ । यसमा आगामी खेती राम्रो होस् भन्ने कामना गरिन्छ । भने साकेला उधौली (मंसिर) मा बाली भित्र्याएपछि मनाइन्छ । यसमा प्राप्त अन्नका लागि धन्यवाद दिइन्छ ।
साकेला नाचः
सिङ्गो समुदाय गोलो घेरा बनाएर हात समाउँदै ढोल, झ्यालीको तालमा नाच्ने परम्परा छ । यसलाई “साकेला सिली“ भनिन्छ ।
साकेला थानमा पूजाः गाउँको किरात थान (देवस्थल) मा सामूहिक पूजा गरिन्छ ।
May be an image of 6 people and text
पहिरनः
परम्परागत पोशाक–महिलाहरूले गुन्यूचोली, पुरुषहरूले दौरा सुरुवाल र फेटा लगाउँछन् ।
चासोक तङ्नाम– चासोक तङ्नाम लिम्बु समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो । “चासोक” भन्नाले नयाँ बाली (विशेष गरी धान) र “तङ्नाम” भन्नाले पर्व वा पूजा भन्ने अर्थ लगाइन्छ । यस पर्वलाई धान भित्र्याएपछि मनाइन्छ, र यो पर्व पुर्खा र प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो । चासोक तङ्नामको उद्देश्य देवता, प्रकृति र पुर्खालाई धन्यवाद दिने हो । यसमा पनि नयाँ अन्न (धान, मकै, कोदो आदि) पहिलो पटक अर्पण गरी ग्रहण गर्ने गरिन्छ ।
चासोक तङ्नाममा “सम्लोङ” अर्थात् लिम्बू धर्मगुरु (फेदाङमा, साम्बा वा येबा) द्वारा पुर्खाको पूजा गरिन्छ ।
चासोक नाच (खेब्रुङ)ः
May be an image of 4 people and temple
लिम्बु युवायुवती गोलो घेरामा उभिएर ढोलक र च्याब्रुङको तालमा “खेब्रुङ नृत्य” गर्छन् ।
भेषभूषाः पुरुषहरू तबउगिलन टोपी, कगचगखब िर तबनब लगाउँछन् महिलाहरूले मखली, हाङमा आदि परम्परागत पोशाक लगाउँछन् ।
चासोक तङ्नाम मुख्यतः मङ्सिर महिनामा (धान भित्र्याएपछि) मनाइन्छ, तर देश–विदेशमा रहेका लिम्बु समुदायले परिस्थिति अनुसार मिति तय गर्छन् ।
ल्होछार (तमु, सोनाम, ग्याल्बो) –
तामाङ, गुरुङ, शेर्पा समुदायको नयाँ वर्षको रूपमा मनाइने सांस्कृतिक पर्व हो ।
मगर दिवस –
मगर समुदायको सांस्कृतिक प्रदर्शनको विशेष दिन ।
धिमाल र उराव समुदायका पारम्परिक पर्वहरू –
May be an image of 3 people
जसमा आफ्ना देवदेवी, प्रकृति तथा पुर्खाहरूको पूजाआजा गरिन्छ ।
साकेला ल्होछार जस्ता पर्वहरूमा नाचगान, भेषभूषा प्रदर्शन, सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिन्छ ।
यसरी आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा पथरीशनिश्चरे नगरपालिका र यसभित्रका विभिन्न संघसंस्थाहरू अग्रसर छन् । यस्ता गतिविधिहरूले नेपाली समाजलाई अझ समृद्ध, विविध र समानतामूलक बनाउने दिशामा ठोस आधार तयार गरिरहेको छ ।
May be an image of 2 people
“आदिवासी जनजातिको संस्कृति जगेर्ना र प्रवद्र्धन हाम्रो पहिचानको मुद्दा हो” – देवेन्द्र वनेम
May be an image of 2 people, people studying and text
देवेन्द्रज्यू, पथरीशनिश्चरेमा आदिवासी जनजातिको अवस्था कस्तो छ ?
– पथरीशनिश्चरे विविधताले भरिएको नगरपालिका हो जहाँ आदिवासी जनजातिहरूको जनसंख्या उल्लेखनीय छ । यहाँ १८ वटा आदिवासी जनजाति छन् – जस्तै राई, लिम्बु, गुरुङ, तामाङ, मगर, धिमाल, शेर्पा, याख्खा, भुझेल, संथाल, उराव, आदि । यिनको मौलिक भाषा, लवज, भेषभूषा र परम्परागत ज्ञानले पथरीको सांस्कृतिक धरोहरलाई समृद्ध बनाएको छ ।
महासंघले हाल के–के गतिविधि गरिरहेको छ?
– २०५८ सालदेखि नै हामी सकृय छौं । अहिले नगरपालिका तथा विभिन्न वडाहरूसँग समन्वय गरेर ड्राइभिङ, कुकिङ, बारिस्टा तालिम, अर्गानिक बटारेको धूप बनाउने सिपमुलक कार्यक्रमहरू चलाएका छौं । हाम्रो उद्देश्य जनजातिलाई आत्मनिर्भर बनाउनु हो । साथै, भाषा–संस्कृति संरक्षणको अभियान पनि हाम्रो प्राथमिकता हो ।
संस्कृति र पर्वको प्रवद्र्धन कसरी भइरहेको छ ?
– हामी हरेक वर्ष आदिवासी जनजातिहरूका चाडपर्वहरू भव्य रूपमा मनाउँछौं । उदाहरणका लागिः राई समुदायकोः साकेला (उदा र उभौली) – प्राकृतिक पूजा र नाचगानमार्फत मनाइन्छ ।
लिम्बु समुदायकोः चासोक तङ्नाम – बाली पाकेपछि प्रकृतिप्रति आभार प्रकट गरिन्छ । तामाङकोः सोनाम ल्होछार – नयाँ वर्षको स्वागत गरिन्छ ।
गुरुङको तमु ल्होछार सांस्कृतिक भेषभूषा र सामूहिक भोजसहित मनाइन्छ ।
शेर्पा÷भोटे समुदायकोः ग्याल्बो ल्होछार, धिमाल समुदायका डङढङे, उराव र संथालकोः करम पूजा, सोहराय – वनस्पतिको सम्मानमा मनाइन्छ ।
यी पर्वहरू हाम्रा मठमन्दिरहरूमा (जस्तै, सिरिजंगा धार्मी वन, साकेला थान आदि) विशेष कार्यक्रमसहित आयोजना हुन्छन् ।
संस्कृति संरक्षणको मुख्य चुनौती के छन ?
– सबैभन्दा ठूलो चुनौती भनेको नयाँ पुस्ता मौलिक भाषा र संस्कृति बाट टाढा हुँदै जानु हो । अर्को त, बजेट अभाव र उचित नीति कार्यान्वयनमा ढिलाइले पनि केही समस्या छ । तर, हामी निरन्तर जनचेतना फैलाउँदै आएका छौं ।
आगामी योजना के छन् ?
– हामी अब नगरस्तरमै “आदिवासी जनजाती संग्रहालय” निर्माण गर्ने योजना बनाइरहेका छौं । साथै, विद्यालय स्तरमै मातृभाषा शिक्षाको प्रवर्धन, डिजिटल अभिलेख राख्ने, र हरेक जातिको चाडपर्वलाई नगरपालिका वार्षिक कार्यतालिकामा समावेश गराउने पहल गर्दैछौं ।
अन्त्यमा ?
– म सबै नगरवासीलाई आग्रह गर्न चाहन्छु – यो फुलबारी सबैको साझा हो । विविधता हाम्रो शक्ति हो । संस्कृति जोगाउनका लागि हामी सबै एक भएर लाग्नुपर्छ । संस्कृति हरायो भने, पहिचान पनि हराउँछ । पथरीशनिश्चरे नगरपालिकाको भागिरथ मावीमा कक्षा ५ सम्म, चन्द्र किरातेस्वर मावीमा कक्षा ७ सम्म, बुद्ध मावीमा समेत लिम्बुभाष अध्यान अध्यापन भईरहेको छ ।
पथरीशनिश्चरे नगरपालिका आदिवासी जनजातिको सांस्कृतिक विविधता, मौलिकता र जीवनशैलीको समृद्ध थलो हो । यहाँ बसोबास गर्ने विभिन्न आदिवासी समुदायहरू—राई, लिम्बु, मगर, तामाङ, गुरुङ, शेर्पा लगायतले आफ्ना भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै आइरहेका छन् ।
स्थानीय संघसंस्थाहरूको सक्रियतामा सञ्चालित सिपमूलक तालिम, सांस्कृतिक पर्वहरूको आयोजना तथा धार्मिक स्थलहरूको संरक्षणले समुदायको आत्मसम्मान र पहिचानलाई थप मजबुत बनाएको छ । यसले न केवल आदिवासी जनजातिको सशक्तीकरणमा टेवा पु¥याइरहेको छ, बरु नेपाली समाजलाई समावेशी, बहुल र सहिष्णु बनाउने दिशामा पनि महत्वपूर्ण योगदान दिएको छ ।
यसरी आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृति जगेर्नामा पथरीशनिश्चरे नगरपालिका उदाहरणीय बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय