उर्लाबारी । अनलाइन टिभी पत्रकार संघ नेपाल,कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनले मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।
बिशीबार उर्लाबारी–५ स्थित होटल ग्राण्डमा भएको प्रथम अधिवेशनले उपाध्यक्षमा खगेन्द्र घिमिरे (झापा), सचिबमा सरोज बस्नेत (उर्लाबारी), सहसचिबमा विनोद राना मगर (सुनसरी) र कोषाध्यक्षमा सम्झना राई (मोरङ) रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा किशोर निरौला, विजय भट्टराई, अफ्ताप अली र निशान ढकाल रहनुभएको छ । उर्लाबारी नगरपािलकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अनलाइन टिभी पत्रकार संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सञ्जिब रेग्मी, उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, नेपाली कांग्रेस उर्लाबारीका सचिब दिपक भट्टराई, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङलगायतले बोल्नुभएको थियो । अधिवेशनमा कोशी प्रदेशका ५० जना सक्रिय अनलाइन टिभी पत्रकारको सहभागिता रहेको थियो । अधिवेशन आयोजक समितिका संयोजक ईशान्तकुमार खतिवडाको सभापतित्व एबं सन्तोष गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय