मोरङको केराबारीमा नेपाली कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कुशल लिम्बूलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने उद्घोष गरेका छन्।

भेलालाई सम्बोधन गर्दै युवा नेता समेत रहेका उम्मेदवार लिम्बूले जनताको अधिकार स्थापित गर्न र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न यस पटक देशभर नेपाली कम्युनिष्ट पार्टीलाई जिताउन आवश्यक रहेको बताए। उनले भने, “यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, जनताको अधिकार, श्रमको सम्मान र विकासको स्पष्ट दिशा तय गर्ने अवसर हो। हामी जनताको मुद्दा लिएर मैदानमा छौं, त्यसैले परिवर्तन चाहने सबैले साथ दिनुपर्छ।”

लिम्बूले आफू निर्वाचित भए क्षेत्रका शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

भेलामा पार्टीका नेता तथा पूर्वमन्त्री उपेन्द्र घिमिरेले पनि सम्बोधन गर्दै यस पटक चुनाव चिन्ह तारामा मतदान गर्न मतदातालाई अपिल गरे। उनले भने, “यो नयाँ र पुरानोको लडाइँ होइन, काम गर्ने र काम नगर्नेबीचको प्रतिस्पर्धा हो। त्यसैले परिणाम दिने उम्मेदवारलाई मतदान गर्नुहोस्।”

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय