काठमाडौं । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । शुक्रबार एक समारोहबीच दुई पार्टीबीच एकता भएको हो ।

केहीदिन अघि नै उनीहरुबीच एकता गर्ने सहमति भएको थियो ।

पार्टी एकीकरण हुँदा ज्यादै खुशी भएको वामदेव बताउँछन् । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको बताए । उनले आफू एक्लै नआएकोसमेत बताए । “आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु,” वामदेवले भने ।

राष्ट्रियसभा सदस्यसमेत रहेका वामदेव नेकपा एमालेमा जान धेरै प्रयास गरेका थिए । पटक-पटक वार्ता हुँदा पनि उचित व्यवस्थापन गर्न नसक्ने एमालेले निष्कर्ष निकालेपछि उनले त्यहाँ नजाने घोषणा गरेका थिए ।

वामदेव आएसँगै राष्ट्रियसभामा एकीकृत समाजवादीको सांसद संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय