उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ६ मा उर्लाबारी बसपार्कको शिलान्यास गरिएको छ ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनाकुमारी खतिवडा र उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सोमबार संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।

अत्याधुनिक बसपार्क निर्माण हुने र १८ महिनाभित्र पूर्णरूपमा सम्पन्न गरिने लक्ष्य लिइएको जनाइएको छ । ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसाको लागतमा निर्माण हुने सो बसपार्कको जिम्मा अभी डिजाइनर्स एण्ड डेभलपर्स प्रा.लि., हेटौंडाले पाएको छ । बस पार्क निर्माणमा ३० प्रतिशत उर्लाबारी नगरपालिकाको लगानी, १० प्रतिशत अनुदान स्वरूप नगर विकास कोषबाट, र ६० प्रतिशत नगर विकास कोषको ऋण मार्फत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय