रौतहट/ रौतहट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजासहित एक कार बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कार बाट १ सय ३३ किलो गाँजा फेला परेको हो।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मङ्गलवार बिहान चेकजाँचको क्रममा कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा कार भगाएका थिए।
प्रहरीले तत्कालै पछ्याउँदा गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा सो गाडी फेला परेको उनले बताए।

तर, कारमा सवार व्यक्ति भने उखुबारी हुँदै फरार भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले क्रेनको सहायताले गाडी बाहिर निकाली जाँच गर्दा १ सय ३३ किलो गाँजा भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय