
काठमाडौं । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स) को म्याद दश वर्ष बनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो।
यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको थियो । उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन् ।