-फाइल तस्बिर
फिदिम/ पाँचथरको फिदिम नगरपालिका–४ बाट २७ वर्षीय एक युवक आफ्नो पत्नीमाथि बारम्बार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पीडित महिलाले आफ्नै श्रीमानले मादक पदार्थ सेवन गर्दै, बारम्बार झगडा, कुटपिटका साथै सहमति बिना यौन सम्पर्क गर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

पीडित र आरोपी पति फिदिम–४ मा डेरामा बस्दै आएका थिए र उनीहरूको अढाई वर्षीया छोरी पनि छ। पीडितका अनुसार पटक–पटक चेतावनी दिए पनि श्रीमानको व्यवहार नबदलेपछि उनले कानुनी प्रक्रिया अघि बढाएकी हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी कौशल बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार बैवाहिक बलात्कारको दोषीलाई पाँच वर्षसम्म कैद सजाय हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय