उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको  मेची बहुउद्देश्यीय सहकारी संस्थाले २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभा बुधबारबाट सुरु भएको छ ।
संस्थाले २९ औं बार्षिकोत्सव तथा ३१ औं साधारणसभा शुभारम्भको अवसरमा पत्रकार सम्मेलन मार्फत संस्थाको गत आर्थिक बर्षको वार्षिक गतिविधि र आगामी कार्ययोजनाहरु सार्वजनिक गरेको हो । अध्यक्ष नारायणप्रसाद भट्टराईले आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १७ हजार ८ सय १७ शेयर सदस्य रहेको, शेयर पूँजी ३९ करोड ७० लाख १७ हजार ३ सय रुपैयाँ रहेकोे र कर्जा वितरण ३ अर्ब ४९ करोड ३७ लाख ३६ हजार १ सय ५७ रुपैयाँ भएको जानकारी दिनुभयो । संस्थाको बचत ३ अर्ब ७८ करोड ८५ लाख ७० हजार ६ सय २७ रुपैयाँ, कोष ३१ करोड ४१ लाख ९१ ह्जार ८ सय ८५ रुपैयाँ, मुनाफा ६ करोड ५७ लाख १४ हजार ४ सय ६० रुपैया रहेको उहाँले जानकारी दिनुभयो
आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि सदस्य संख्या १९ हजार ८ सय २७ रुपैयाँ, शेयर पूँजी ४३ करोड ५२ लाख ३८ हजार, कर्जा ४ अर्ब ५ करोड ५३ लाख ९४ हजार ३ सय पु¥याउने लक्ष्य लिइएको छ । संस्थाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने सदस्यका सन्तानलाई छात्रवृत्ति र पुरस्कार वितरण गर्दै आएको छ । सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधी गर्दा १ लाख रुपैयाँ अध्ययन खर्च दिने भएको छ भने एसईईमा जिल्ला प्रथमलाई ५० हजार, ४ जिपिए ल्याउनेलाई २५ हजार दिने सहकारीले ब्यवस्था मिलाएको छ । संस्थाले कर्मचारी कर, सामान खरिद गर्दा भ्याट बिलमा तिरेको टिडिएस, व्यवसाय कर, वैठक भत्ता करलगायत विभिन्न शीर्षकमा सरकारलाई २ करोड ७४ लाख २१ हजार ७ सय १ रुपैयाँ कर तिरेको छ । सहकारीले १२ वटा सेवा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ भने जोखिम न्यूनीकरण तथा सदस्य लाभ वृद्धि गर्ने उद्देश्य अनुसार अघि बढिरहेको छ । मेची सहकारी जल उद्योग दर्ता गरिसकेको र ६ महिनाभित्रै मेची जल बजारमा आउने संस्थाका प्रमुख कार्यकारी अधिकृत होमप्रसाद बगालेले जानकारी दिनुभयो । मेची सहकारी आवास भाग २ का लागि जग्गा खरिदसहितको योजना, सहकारी विद्यालय सञ्चालन, फलफूल खेती, उर्लाबारीमा व्यवसायिक भवन निर्माणलगायतका योजना अघि बढाउने भएको उहाँले बताउनुभयो । अध्यक्ष भट्टराईले संस्थाको सफलतामा सबैको योगदान रहेको उल्लेख गर्दै आगामी वर्ष थप उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय