उर्लाबारी । मोरङको उर्लाबारीस्थित मैथिली समाज सेवा समितिको अध्यक्षमा पुनः पवन चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदमा चौधरीको मात्रै उम्मेद्वारी परेपछि सर्वसम्मत चुनिनुभएको हो । त्यस्तै, उपाध्यक्षमा सरखानु साह, सचिबमा सुजित सिंह राजपुत, सहसचिबमा प्रकाश चौधरी र कोषाध्यक्षमा मनोज चौधरी चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा सुदामा चौधरी, मिथिलेश देवी ठाकुर, अनिलकुमार ठाकुर, प्रविण चौधरी र राजकुमार साह रहनुभएको छ । त्यस्तै, लेखा संयोजकमा बुलन पासवान, सदस्यहरुमा राजेशकुमार चौधरी र शिवचन्द्र चौधरी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय