
लेटाङ / नेकपा एमाले लेटाङ नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा खगेन्द्रराज भण्डारी विजयी हुनु भएको छ । अर्का प्रतिस्पर्धि नन्दलाल धिमाललाई १ सय २ मतले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो । विजयी हुने भण्डारीले १ सय ६२ मत पाउँदा अर्का प्रतिस्पर्धि धिमालले ६० मत पाउनु भयो ।
भण्डारी र धिमाल दुवै पक्षले पदाधिकारीमा प्यानलै बनाएर निर्वाचन लडेकामा अध्यक्ष सहित ५ जना पदाधिकारी नै भण्डारी पक्षका विजयी भएका छन् । उपाध्यक्षमा १ सय ६४ मत प्राप्त गर्दै खगेन्द्रराज भण्डारी प्यानलका विष्णुकुमार मगर विजयी हुँदा प्रतिस्पर्धि यामनाथ सुवेदीले ३९ मत पाउनुभयो । उपाध्यक्षमै दुवै प्यानलमा नखुली स्वतन्त्र उम्मेदवारी दिनु भएका सोमनाथ निरौलाले १४ मत पाउनुभयो ।
यसैगरि सचिवमा उर्गेन तामाङ १ सय ६४ मतका साथ विजयी हुँदा प्रतिस्पर्धि जीतबहादुर लामाले ५२ मत पाउनुभयो । यस्तै उपसचिव खुलामा नगेन्द्रराज पराजुली १ सय ५५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धि टेकनाथ निरौलाले ५६ मत पाउनुभयो भने उपसचिव महिलामा १ सय ५४ मत पाउँदै चिजमाया लिम्बू विजयी हुँदा प्रतिस्पर्धि पुनम मस्की मगरले ६४ मत पाउनुभयो ।
यता नगर कमिटी सदस्यहरु भने सर्वसहमति मा चयन गरिएको छ । अधिवेशनबाट पदाधिकारीसहित ६१ जना निर्वाचित भएका हुन् । जम्मा ७५ सदस्यीय नगर कमिटी गठन हुनेमा बाँकी १४ जना नवनिर्वाचित कमिटीले चयन गर्ने जनाइएको छ । यस्तै लेखा समिति पनि गठन गर्न बाँकी छ ।