उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसको शनिबार सम्पन्न निर्वाचनमा प्रगतिशील संयुक्त गठबन्धनले बहुमत ल्याएको छ ।
निर्वाचन परिणामअनुसार महेन्द्र कार्की (ख) , जीवन घिमिरे, केदार चौहान, दिलकुमारी बस्नेत, टिका अधिकारी, नगेन्द्रबहादुर घिमिरे र मिलन दाहालसहित ८ जना प्रगतिशील गठबन्धनबाट विजयी हुनुभयो भने संयुक्त लोकतान्त्रिक गठबन्धनबाट मुक्ति न्यौपाने, हरिबाबु दाहाल, योगेन्द्रबहादुर कटुवाल, विष्णु गुरागाई, प्रेम डाँगी, रेवती सुवेदी र दीपक भट्टराई गरी ७ जना निर्वाचित हुनुभयो । लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र संघीय लिम्बुवान पार्टी सहभागी थिए भने प्रगतिशील संयुक्त गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) सहभागी रहेका थिए ।
प्रगतिशील संयुक्त गठबन्धनले बहुमत ल्याएसँगै सोही गठबन्धनबाट अध्यक्ष र उपाध्यक्ष बन्ने पक्का छ । जसमा अध्यक्ष जीवन घिमिरे बन्ने निश्चित छ । गठबन्धनमा एमालेको तर्फ सदस्यमा निर्वाचित घिमिरेकै नेतृत्वमा गएको थियो । यता माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै निर्वाचित मिलन दाहाल उपाध्यक्ष बन्ने देखिएको छ । उहाँले यसअघि एक कार्यकाल सदस्य भएर काम गरेका कारण पनि उहाँ नै उपाध्यक्ष बन्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय