
उर्लाबारी/ उर्लाबारी बहुमुखी क्याम्पसको शनिबार सम्पन्न निर्वाचनमा प्रगतिशील संयुक्त गठबन्धनले बहुमत ल्याएको छ।
निर्वाचन परिणामअनुसार महेन्द्र कार्की (ख) , जीवन घिमिरे, केदार चौहान, दिलकुमारी बस्नेत, टिका अधिकारी, नगेन्द्रबहादुर घिमिरे र मिलन दाहालसहित ८ जना प्रगतिशील गठबन्धनबाट विजयी भए। उता संयुक्त लोकतान्त्रिक गठबन्धनबाट मुक्ति न्यौपाने, हरिबाबु दाहाल, योगेन्द्रबहादुर कटुवाल, विष्णु गुरागाई, प्रेम डाँगी, रेवती सुवेदी र दीपक भट्टराई गरी ७ जना निर्वाचित भए।
उर्लाबारीमा सकृय राजनितिक दलहरु गठबन्धन प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए। लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र संघीय लिम्बुवान पार्टी सहभागी थिए भने प्रगतिशील संयुक्त गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) सहभागी रहेका थिए ।
निर्वाचन परिणामअनुसार लोकतान्त्रीक गठबन्धनका उम्मेद्वार मुक्तिप्रकाश न्यौपानेले सर्वाधिक मत हाँसिल गरेका छन् । उनले ३ सय ३३ मत प्राप्त गरे ।
यस्तै डा. हरिबाबु दाहालले ३ सय २९ ,योगेन्द्र कटुवाल (गोपाल) ले ३ सय २० , प्रेम डाँगी २ सय ९९, रेवत सुवेदी २ सय ८२, दिपक भट्टराई २ सय ५४, टिका प्रसाद अधिकारी २ सय ५४, दिलकुमारी बस्नेत २ सय ४४, विष्णु गुरागाई २ सय ४१, महेन्द्र कार्की (ख) २ सय ३१, जीवन कुमार घिमिरे २ सय २५, नगेन्द्र बहादुर घिमिरे २ सय २४, तारा श्रेष्ठ २ सय २४, मिन प्रसाद दाहाल (मिलन) २ सय २१ र केशर बहादुर चौहान (केदार) २ सय २० मत प्राप्त गरेका छन् ।