
उर्लाबारी । उर्लाबारी चोकस्थित हिएण्डसी फेसन वेयरमा हाल ग्राहकहरुको असाधारण भीड देखिएको छ । फेसन हाउसले भदौ १ गतेदेखि सुरु गरेको विशेष सेल योजनाअन्तर्गत ब्रान्डेड कपडा तथा अन्य सामग्रीहरु न्यूनतम ४ सयदेखि अधिकतम १ हजार रुपैयाँसम्ममा उपलब्ध गराइएको छ । सेल सुरु भएसँगै विहानैदेखि नै ग्राहकहरु पसलमा आकर्षित भएका छन् । भदौं १० गतेसम्म चल्ने सेलमा युवादेखि परिवारका सदस्यसम्म नयाँ कपडा र फेसन सामग्री किन्न भेला भएका कारण पसलमा चहलपहल बढेको देखिन्छ । हिएण्डसी फेसन वेयरका सञ्चालक सुनिल अग्रवालले हरेक वर्ष दशैं–तिहारलाई लक्षित गर्दै भदौ महिनामा सेल आयोजना गर्दै आएको बताउनुभयो । उहाँका अनुसार, ‘ग्राहकलाई उत्सवको समयमा किफायती दरमा ब्रान्डेड सामान उपलब्ध गराउने उद्देश्यले हामीले यो कार्यक्रम ल्याएका हौं । हरेक वर्षझैं यसपालि पनि ग्राहकहरुको अपार समर्थन पाइरहेका छौं ।’
उर्लाबारीकी ग्राहक रोजिना निरौलाले यस वर्षको सेलप्रति सन्तुष्टि व्यक्त गर्दै भन्नुभयो,‘यहाँको सामान गुणस्तरीय र सस्तो छ । दशैं–तिहारको बेलामा चाहिने कपडा सजिलै छान्न सकिन्छ, त्यसैले म हरेक वर्ष यतै किनमेल गर्न आउँछु ।’ ग्राहकहरुको माग र रुचिलाई मध्यनजर गर्दै फेसन हाउसले यस वर्ष अझ बढी संग्रह बजारमा ल्याएको छ । अग्रवालले छिट्टै यो अवसरको फाइदा उठाउन सबैलाई आग्रह गर्दै समय सीमित भएकाले ढिलाइ नगर्न सुझाव दिनुभयो ।