दमक — अब राजधानी धाउनु पर्ने बाध्यता बिनौ दमकमै गुणस्तरीय प्राविधिक शिक्षा पढ्न सकिने भएको छ ।
आस्था कलेज अफ म्यानेजमेन्टले इटहरीको नमुना कलेज र काठमाडौंको अर्किड इन्टरनेशनल कलेजसँगको सहकार्यमा युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट सञ्चालनमा ल्याएको हो । यसै शैक्षिक सत्रदेखि BIT (ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी) र BHM (ब्याचलर इन होटल म्यानेजमेन्ट) कार्यक्रम सुरु भएको छ । दुवै कार्यक्रम त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त चार वर्षे आठ सेमेस्टरका हुनेछन् ।
कलेजले निर्धारित पाठ्यक्रमसँगै एक दर्जनभन्दा बढी नन–क्रेडिट कोर्स पनि सञ्चालन गर्नेछ । यसले विद्यार्थीलाई पढ्दै कमाउँदै जाने वातावरण उपलब्ध गराउने बताइएको छ । आस्था कलेजका कार्यकारी निर्देशक टेकनाथ भण्डारीले भन्नुभयो–‘गुणस्तरमा सम्झौता नगरी सुरक्षित र अनुकूल वातावरणमा प्राविधिक शिक्षा दिने हाम्रो लक्ष्य हो ।’ इटहरी नमुना कलेजका सहायक प्राचार्य मुक्तिराज सुवेदीले भन्नुभयो–‘तीन कलेज बीचको सहकार्यले प्रदेशस्तरमै राजधानीस्तरको शिक्षा उपलब्ध गराउनेछ ।’ त्रिभुवन विश्वविद्यालयले भर्ना फाराम खुला गरिसकेको छ भने प्रवेश परीक्षा भदौ २१ गते हुने भएको छ । इच्छुक विद्यार्थीका लागि आस्था कलेजले निःशुल्क तयारी कक्षा समेत सञ्चालन गरिरहेको छ । आस्था कलेज दुई दशकदेखि कोशी प्रदेशमा उत्कृष्ट शैक्षिक नतिजा दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय